देश

बैतडी र बाजुरामा मतदान जारी

दशरथचन्द(बैतडी)। बैतडी र बाजुरामा प्रतिनिधिसभा सदस्य निर्वाचन बिहान ७ः०० बजेदेखि सुरु भई उत्साहजनक रूपमा जारी छ । बैतडीमा अहिलेसम्म २२ हजार ६३६ मत खसेको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्यका लागि एउटा मात्र निर्वाचन क्षेत्रमा रहेको यहाँ एक लाख ५६ हजार ३७२ मतदाता छन् । बैतडीमा १२९ मतदानस्थल, एक अस्थायीसहित २१५ मतदान केन्द्र रहेका छन् ।

आज बिहानदेखि सुरु भएको मतदान बाजुरामा पनि शान्तिपूर्ण र उत्साहजनक वातावरणमा जारी छ । हालसम्म २४ हजार तीन मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । जिल्लामा यहाँका ७७ मतदास्थल र ११८ मतदान केन्द्रमा निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले राससलाई जानकारी दिनुभयो ।

जिल्ला सुरक्षा समिति बाजुराका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार अहिलेसम्म जिल्लामा शान्तिपूर्ण र मतदाताको सक्रिया सहभागितामा मतदान भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *