भोजपुर।प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भोजपुरमा शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा बिहान ७ः०० बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो ।
जिल्लाभर रहेका ८७ मतदानस्थलका १६१ वटै मतदान केन्द्रमा निर्धारित समयमा मतदान सुरु भई शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको कार्यालयले जनाएको छ । मतदानस्थलहरूमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ भने सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ ।
निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा म्यादी प्रहरी परिचालन गरिएको छ ।




