काठमाडौँ । सर्लाहीको बलरा नगरपालिका–४ मा केहीबेर रोकिएको मतदान पुनः सुरु भएको छ। विवाद रोक्न प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको टोलीले घटनास्थलमा पुगेर सहमति मिलाएका हुन्।ख बलरा–४ मा रहेको श्री प्राथमिक विद्यालय मतदान केन्द्रमा दुई पक्षका कार्यकर्ताबीच विवाद भएको थियो। रास्वपा उम्मेदवार अमरेशकुमार सिंहको उपस्थितिले केहीबेर तनाव उत्पन्न भएको विपक्षीले आरोप लगाएका थिए।
स्थानीय प्रशासन र सुरक्षा निकायको हस्तक्षेपपछि मतदान सुचारु गरिएको छ। यसअघि बलरा–१ मा पनि केहीबेर तनावको अवस्था देखिएको थियो, तर छिट्टै नियन्त्रणमा आएको थियो। मतदान पुनः सुरु भएपछि मतदाताहरूले आफ्नो अधिकार प्रयोग गर्न थालेका छन्। प्रशासनले शान्तिपूर्ण मतदान सुनिश्चित गर्न निगरानी जारी राख्ने जनाएको छ।




