देश

हवाइ फायरपछि दोलखाको मालुस्थित मतदान केन्द्रमा मतदान स्थगित,सर्वदलीय बैठक जारी

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित मतदान केन्द्रमा उत्पन्न विवादका कारण मतदान प्रक्रिया स्थगित गरिएको छ। मतदानका क्रममा केही व्यक्तिले निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गर्ने प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो।

हवाई फायर भएपछि मतदान स्थल वरपर नाराबाजी सुरु भएको बताइएको छ। घटनापछि तत्काल सर्वदलीय बैठक बोलाइएको छ र मतदान पुनः सञ्चालन गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ।जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले मतदानस्थलमा तनाव उत्पन्न भएपछि प्रहरीले हवाई फायर गरेको पुष्टि गरे। उनका अनुसार निर्वाचनमा खटिएका कर्मचारीमाथि दुर्व्यवहार हुन खोजेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन चेतावनीस्वरूप हवाई फायर गरेको हो।हाल मतदान स्थलको अवस्था सामान्य बन्दै गएको र दलका प्रतिनिधिसँग छलफल जारी रहेको प्रशासनले जनाएको छ।

अहिले सर्वदलीय बैठक बसेर विवाद समाधान गर्ने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले जानकारी दिए । उनले जनआस्थासँग भने, ‘सर्वदलीय बैठक बसिरहेको छ,विवाद रोकेर मतदान पुनः शुरु गर्नेबारे छलफल भइरहेको छ।’ उनका अनुसार विवादपछि मतदानको लागि मतदान केन्द्र पुगेका मतदाता तितरबितर हुन थालेका छन् । ‘कतिपय मतदाता मतदान नगरी घर फर्किन थाल्नुभएको छ,सकेसम्म चाँडै मतदान सुरु गरेर गरेर मतदानको अधिकार सुनिश्चित गर्छौँ‘’,उनले थपे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *