कोशी प्रदेश

कोशी प्रदेशका अधिकांश केन्द्रमा मतदान जारी, ७ स्थलमा प्रक्रिया सुरु हुन बाँकी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कोशी प्रदेशका अधिकांश मतदान केन्द्रमा मतदान सुरु भइसकेको छ भने केही स्थानमा भने अझै प्रक्रिया सुरु हुन बाँकी रहेको छ।

नेपाल प्रहरीका अनुसार प्रदेशका ७ मतदान स्थलमा विभिन्न कारणले मतदान सुरु हुन नसकेको हो। ती स्थानमा आवश्यक व्यवस्थापनको काम भइरहेकाले मतदान प्रक्रिया चाँडै सुरु हुने अपेक्षा गरिएको छ।

कोशी प्रदेशमा कुल १ हजार ९०७ मतदान स्थल निर्धारण गरिएको छ। तीमध्ये १ हजार ९ सय मतदान स्थलमा भने बिहानैदेखि मतदान भइरहेको छ।

सुरक्षाकर्मी र निर्वाचन कर्मचारीले बाँकी स्थलमा पनि मतदान प्रक्रिया सुरु गराउन आवश्यक तयारी गरिरहेको प्रहरीले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *