देश

सप्तरीमा हर्षोल्लासका साथ शान्तिपूर्ण रुपमा मतदान सुरु

राजविराज (सप्तरी)। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जिल्लामा शान्तिपूर्ण एवं हर्षोल्लास साथ मतदान सुरु भएको छ ।

मतदानका लागि महिला, पुरुष, युवायुवती, वृद्धवृद्धा लामबद्ध भएका छन् । मतदान केन्द्र र मतदाताको सुरक्षाको लागि तिन तहमा सुरक्षा व्यवस्था मिलाइएको छ ।

चार वटा निर्वाचन क्षेत्र भएको यो जिल्लामा स्थायी २९६ र अस्थायी दुई गरी २९८ मतदानस्थल निर्धारण गरिएको छ । जिल्लामा कूल चार लाख ४६ हजार दुई जना मतदाता कायम छन् भने १०२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *