देश

महोत्तरीमा स्वतन्त्र उम्मेदवारमाथि कुटपिट

जलेश्वर (महोत्तरी)। जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार रामआधार कापरमाथि कुटपिट भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार जलेश्वर नगरपालिका–७ मा अज्ञात समूहले उहाँमाथि निर्घात कुटपिट गरेको हो । घटना गए रातिको हो ।

स्वतन्त्र उम्मेदवार कापरको छाती, पिठ्यँु तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । हाल उहाँको जनकपुरमा उपचार भइरहेको छ ।

आक्रमणमा परेपछि उहाँले सहयोगका लागि प्रहरी–प्रशासनमा खबर गर्नुभएको र आफूहरुले तत्काल उहाँलाई उद्धार गरी अस्पताल पठाएको प्रहरी उपरीक्षक शर्माले बताउनुभयो । घटनास्थलमा प्रहरी पुगेपछि भागेका आक्रमणकारीहरुको खोजी जारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *