काठमाडौं । निर्वाचन सामग्री तथा मतदान अधिकृतसहितको टोली बोकेको गाडी रामेछापमा दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार रामेछाप नगरपालिका–२ सिरुबारी क्षेत्रमा ना ७ ख ६७६८ नम्बरको गाडी सडकबाट करिब एक सय मिटर तल खसेको हो।
दुर्घटनामा परेका मध्ये दुई जनाको अवस्था गम्भीर रहेको र अन्य आठ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि पठाउने तयारी भइरहेको छ।
घटनापछि सुरक्षाकर्मी र स्थानीयबासीको सहयोगमा उद्धार कार्य जारी रहेको छ। दुर्घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ।




