देश

कुवेतमा अमेरिकी सैन्य विमान दुर्घटनाबारे रहस्य, कारण नखुलेको रक्षा मन्त्रालयको पुष्टि

काठमाडौं । मध्यपूर्वमा तनाव चुलिँदै गर्दा कुवेतको रक्षा मन्त्रालयले आफ्ना भूमिमा अवस्थित अमेरिकी सैन्य शिविरसँग सम्बन्धित कैयौँ अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त भएको जनाएको छ। अमेरिकी समाचार संस्थाले कुवेती अधिकारीलाई उद्धृत गर्दै सोमबार एकभन्दा बढी सैन्य विमान खसेको उल्लेख गरेको हो। यद्यपि, कति संख्यामा विमान दुर्घटनामा परे भन्नेबारे आधिकारिक विवरण सार्वजनिक गरिएको छैन।

दुर्घटनाको कारणबारे हालसम्म स्पष्ट जानकारी नआएको कुवेती पक्षले जनाएको छ। अर्बौं डलर मूल्यका ती विमानहरू हालै इरानसँगको द्वन्द्वमा प्रयोग गरिएको दाबी गरिएको छ। त्यसैले इरानको प्रतिकारात्मक कारबाहीका कारण ती विमान खसालिएको हुन सक्ने अनुमान विभिन्न अन्तर्राष्ट्रिय विश्लेषकहरूले गरेका छन्, यद्यपि यसबारे कुनै आधिकारिक पुष्टि भएको छैन।

यसै सन्दर्भमा अमेरिकाले इरानका एक हजारभन्दा बढी निसानामा आक्रमण गरेको दाबी गरेको छ। बढ्दो सैन्य गतिविधिका कारण क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको विश्लेषण गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *