विश्व

अमेरिका-इजरायल आक्रमणमा खामेनीका सल्लाहकार र रिभोलुसन गार्ड्सका प्रमुखको पनि मृत्यु

काठमाडौँ । अमेरिका र इजरायलको आक्रमणमा इरानको सर्वोच्च रक्षा परिषद्का नेताका प्रतिनिधि अली शामखानी र इस्लामिक रिभोलुसन गार्ड्स कोर्प्सका कमाण्डर इन चीफ मेजर जनरल मोहम्मद पाकपुरको मृत्यु भएको छ ।इरानी मिडिया प्रेस टिभीका अनुसार दुवैको शनिबार भएको आक्रमणमा मृत्यु भएको हो ।

अमेरिका र इजरायलको आक्रमणमा इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीसहित ४० वरिष्ठ अधिकारीको मृत्यु भएको दाबि गरिएको छ ।

यसैबीच इरानमा सत्ता सम्हाल्न तीन सदस्यीय समिति गठन गरिएको छ । इरानको राज्य सञ्चालित एजेन्सी, इरनाका अनुसार, देशमा सत्ता सम्हाल्न तीन सदस्यीय अस्थायी समिति गठन गरिएको छ ।

यो समितिमा राष्ट्रपति, सर्वोच्च अदालत (न्यायपालिका) का प्रमुख र अभिभावक परिषद्का एक धर्मगुरु हुनेछन् । यी तीन जना मिलेर हालका लागि देशको सबै मामिलाहरू व्यवस्थापन गर्ने बताइएको छ ।

नयाँ सर्वोच्च नेता निर्वाचित नभएसम्म, यो तीन सदस्यीय टोलीले देशको सरकार र प्रणालीलाई सुचारु रूपमा सञ्चालन गर्न सुनिश्चित गर्न सबै प्रमुख निर्णयहरू गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *