देश

कतारस्थित दुताबासको नेपाली नागरिकलाई स्थानीय सुरक्षा निर्देशन कडाइका साथ पालना गर्न आग्रह

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा विकसित भइरहेको पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै दोहास्थित नेपाली राजदूतावासले कतारमा रहेका नेपाली नागरिकलाई सतर्क र सुरक्षित रहन विशेष अनुरोध गरेको छ ।

राजदूतावासले जारी गरेको सूचनामा कतारी अधिकारीहरूले जारी गरेका सुरक्षा निर्देशन तथा सल्लाहहरू कडाइका साथ पालना गर्न आग्रह गरिएको छ । सकेसम्म घरभित्रै बस्न, अनावश्यक रूपमा बाहिर ननिस्कन र उच्च सतर्कता अपनाउन पनि नेपाली नागरिकलाई अनुरोध गरिएको छ ।

त्यस्तै, फैलिएका अफवाह तथा अप्रमाणित सूचनामा विश्वास नगर्न र त्यस्ता समाचार वा भिडियो अरूलाई नपठाउन पनि सचेत गराइएको छ । आधिकारिक निकायबाट जारी हुने सूचना र आपतकालीन सन्देशहरू नियमित रूपमा हेरी पालना गर्न दूतावासले आग्रह गरेको छ ।

दोहास्थित नेपाली राजदूतावाससँग नियमित सम्पर्कमा रहन पनि अनुरोध गर्दै आपतकालीन अवस्थाका लागि टेलिफोन नम्बर +९७४–६६२१४४१९ र इमेल [email protected] सार्वजनिक गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *