दमौली (तनहुँ) । नेपाली काँग्रसका प्रवक्ता देवराज चालिसेले नेतृत्व नै परिवर्तन गरेको काँग्रेसले देशलाई पनि सुधारेर विकास–निर्माणको नयाँ दिशामा अगाडि बढाउने बताएका छन् ।
नेपाली काँग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको कोणसभामा उनले काँग्रेस नीति र नेतृत्व सुधारेर आएको भन्दै देशलाई अगाडी बढाउने जिम्मेवारी अब काँग्रेसले लिने बताए ।
प्रवक्ता चालिसेले अस्थिर राजनीतिले देश पछौटेपनको सिकार भएको चर्चागर्दै राजनीतिक स्थायित्व आवश्यक भएको बताए । उनले भने, “मुलुकको विकासका लागि काँग्रेसले धेरै योगदान गरेको छ । अब देशलाई समृद्धिको बाटोमा लैजाने अभियानको नेतृत्व पनि काँग्रेसले गर्नेछ ।’




