विश्व

आइएमएफद्वारा किएभका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ अर्ब १० करोड अमेरिकी डलरको नयाँ चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत गरेको इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।

आइएमएफ एक्सटेन्डेड फन्ड फेसिलिटी (इएफएफ) अन्तर्गतको यो कार्यक्रम युक्रेनका लागि एक खर्ब ३६ अर्ब ५० करोड डलरको अन्तर्राष्ट्रिय समर्थन प्याकेजको एक हिस्सा भएको जनाइएको छ ।

यसको उद्देश्य युक्रेनको समग्र आर्थिक र वित्तीय स्थिरतालाई सुदृढ पार्नु र शासन लगायत संरचनात्मक सुधारहरूलाई अगाडि बढाउनु रहेको जनाइएको छ ।

युक्रेनको अर्थ मन्त्रालयका अनुसार, कार्यक्रमको समग्र आर्थिक प्राथमिकताहरूमा विवेकपूर्ण वित्तीय नीति कार्यान्वयन, मूल्य स्थिरता सुनिश्चित गर्ने, र बाह्य असन्तुलन रोक्न, विनिमय दरमा सहजता अभिवृद्धि गर्ने लगायतका विषय समावेश छन् ।

एक अर्ब ५० करोड डलरको कार्यक्रमको पहिलो किस्ता निकट भविष्यमा नै वितरण हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।

रूस–युक्रेन द्वन्द्वको सक्रिय चरण अन्त्य हुने परिदृश्यमा भविष्यवाणी गरिएको सन् २०२३ मा युक्रेनका लागि स्वीकृत गरिएको अघिल्लो आइएमएफ वित्तपोषण कार्यक्रम रद्द गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *