राजनीति

टिकट नपाएपछि रास्वपा कास्कीका नेता राजु राईको बहिर्गमन

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका नेता राजु राईले पार्टी छोडेका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत नेता राईले पार्टी छाडेको घोषणा गरेका हुन् । उनले भनेका छन्- ‘राजनीति भनेको सोझो र इमानदारले गर्ने काम होइन रहेछ । आजदेखि राजनीति र पार्टीका लागि एक कौडी पैसा र एक सेकेन्ड समय पनि खर्च गर्ने छैन । अब स्वतन्त्र नागरिक भएर समाज सेवामा लाग्नेछु ।’

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कास्की- १ मा रास्वपाका उम्मेदवार राईले १० हजार ९४१ मत प्राप्त गरेका थिए । सोही निर्वाचनमा रास्वपाले उक्त क्षेत्रमा समानुपातिकतर्फ १५ हजार ८६४ मत प्राप्त गरेको थियो ।

यसपटक पनि उनी उम्मेदवारको दाबेदार रहेपनि उनले टिकट पाएनन् । यस निर्वाचनमा रास्वपाबाट कास्की-१ मा खड्क राज पौडेल उम्मेदवार बनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *