काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । बुधबार राति सिंगापुर एयरलाइन्सको उडानबा देउवा सिंगापुर प्रस्थान गरेका हुन् ।
उनी स्वास्थ्य उपचारका लागि भन्दै सिंगापुर गएका हुन् । यसअघि जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कुटपिट भएपछि देउवा दम्पत्ति उपचारका लागि सिंगापुर गएका थिए । निर्वाचनका बेला चुनाव प्रचारमा जानुपर्ने देउवा सिंगापुर प्रस्थान गर्नुलाई अर्थपूर्णरुपमा हेरिएकोछ ।




