देश

दार्चुलामा आचारसंहिता उल्लङ्घनका छ उजुरी

काठमाडौं । निर्वाचनको मिति नजिकिएको बेला दार्चुलामा आचारसंहिता उल्लङ्घनका उजुरी परेका छन् ।

हालैमात्र निर्वाचन आचारसंहिता उल्लङ्घनका छ वटा घट्नाबारे उजुरी परेको आचारसंहिता अनुगमन अधिकृत विनोद दाहालले जानकारी दिनुभयो । दाहालकाअनुसार यसअघि नै आचारसंहिता उल्लङ्घन गरेको आरोपमा २५ जनामाथि मौखिक स्पष्टीकरण सोधि सकिएको छ ।

निर्वाचनको समयमा मतसर्वेक्षण गरेको, जनप्रतिनिधि, शिक्षक, कर्मचारीले प्रचार गरेको जस्ता घटनामा मौखिक स्पष्टीकरण सोधिएको हो । त्यसैगरी ठूलो आवाजमा गीत बजाएको, अनावश्यक ब्यानर लगाएको विषयमा स्पष्टीकरण सोधिएको उनले जानकारी दिए

उनले पहिलो चरणमा मौखिक रूपमा स्पष्टीकरण सोधेकामा अब प्राप्त उजुरीमा भने आयोगले लिखितरूपमै स्पष्टीकरण सोध्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *