देश

बेचबिखनविरूद्धको राष्ट्रिय नीति कार्यान्वयनमा जोड

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखनविरूद्धको राष्ट्रिय नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिइन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा उक्त नीतिबारे आयोजित छलफलमा उहाँले मानव बेचबिखनविरूद्ध समाजका सबै वर्ग एकताबद्ध हुनुपर्ने बताइन् ।

पर्याप्त स्रोत, साधन र प्रक्रियागत जटिलताका कारण मानव बेचबिखनमा परेका नागरिकको उद्धार गर्न कठिन भएको स्वीकार गर्दै उनले सामाजिक सङ्घसंस्थाको सहयोग र एकताबाट कठिनभन्दा कठिन काम पनि सहज रूपमा सम्पन्न गर्न सकिन्छ भनिन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव राधिका अर्यालले मानव बेचबिखनजस्तो निकृष्ट कृत्य निर्मूल गर्न नीति सहयोगी हुने विश्वास व्यक्त गरिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *