मुख्य समाचार

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न आदेश दिएको छ। मंगलबार न्यायाधीश मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई छाड्न निर्देशन दिएको हो। सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार अदालतको आदेशपछि उनको रिहाइको प्रक्रिया अघि बढाइएको छ।

प्रसाईंलाई प्रहरीले गत फागुन ४ गते भक्तपुरबाट नियन्त्रणमा लिएको थियो। यसअघि पनि उनी माघ २३ गते पक्राउ परेका थिए र हाजिर जमानीमा रिहा भएका थिए। त्यस समयमा निर्वाचनसम्बन्धी अभिव्यक्तिलाई आधार बनाएर प्रहरीको साइबर ब्यूरोले उनीसँग बयान लिएको थियो।

प्रहरीले प्रसाईंले फागुन २१ मा तय गरिएको निर्वाचन अवरुद्ध गर्ने अभियान सुरु गर्न सक्ने आशंकामा निगरानी बढाएको जनाएको छ। यस क्रममा माघ ५ गते पोखराबाट समेत उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो। बारम्बार पक्राउ र रिहाइको घटनाले प्रसाईं पुनः कानुनी तथा राजनीतिक बहसको केन्द्रमा आएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *