देश

वीरगन्जमा कर्फ्यु फिर्ता, संवेदनशील क्षेत्रमा निषेधाज्ञा कायमै

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जका विभिन्न क्षेत्रमा लगाइएको कर्फ्यु हटाएको छ। सोमबार बिहानदेखि लागू गरिएको कर्फ्यु परिस्थितिमा सुधार देखिएपछि फिर्ता लिइएको हो।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार सोमबार बिहान ९स्४५ बजेदेखि आवतजावत, भेला, जुलुस, प्रदर्शन तथा सार्वजनिक गतिविधि रोक्ने गरी कर्फ्यु लगाइएको थियो। सुरक्षा अवस्थाको मूल्याङ्कनपछि अवस्था नियन्त्रणमा रहेकाले कर्फ्यु हटाउने निर्णय गरिएको उनले जानकारी दिए।

कर्फ्यु हटाइए पनि अवस्था पूर्ण रूपमा सामान्य नभएको भन्दै प्रशासनले वीरगन्ज महानगरपालिकाका केही संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म निषेधाज्ञा लागू रहने जनाइएको छ।

उक्त अवधिमा कुनै पनि प्रकारको भेला, सभा, जुलुस वा प्रदर्शन गर्न पाइने छैन। प्रशासनका अनुसार निषेधाज्ञा क्षेत्रको सीमा पूर्वमा बाइपास रोड, पश्चिममा रानीघाट पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा घण्टाघर चोक तोकिएको छ।

सुरक्षा संवेदनशीलता कायम राख्दै सम्भावित अशान्ति रोक्न प्रशासनले यस्तो निर्णय गरेको बताएको छ। स्थानीय प्रशासनले अवस्था सामान्यतर्फ उन्मुख भए पनि सतर्कता आवश्यक रहेको जनाएको छ।

वीरगन्जमा पछिल्ला दिनमा उत्पन्न तनावका कारण कडा सुरक्षा प्रबन्ध गरिएको थियो। कर्फ्यु हटेसँगै दैनिक गतिविधि क्रमशः सुचारु भए पनि तोकिएको क्षेत्रभित्र प्रतिबन्ध कायमै रहने प्रशासनले स्पष्ट पारेको छ।parsa-cdo-1771848773.jpg

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *