खेलकुद

गम्भीर चोटपछि साम्बाको सहयोग जुटाउन अपिल ,‘थाकेको छु, हारेकी छैन’,एन्फाले सहयोग नगर्दा समस्यामा

काठमाडौं । सावित्रा भण्डारी ‘साम्बा’ले घुँडाको जटिल शल्यक्रियाका लागि आर्थिक सहयोगको सार्वजनिक अपिल गरेकी छन्। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तानसमेत रहेकी उनले उपचारका लागि करिब ८० हजार अमेरिकी डलर आवश्यक पर्ने बताएकी हुन्।

एसीएल र एमसिएलमा गम्भीर क्षति

साम्बाका अनुसार दायाँ घुँडाको एसीएलमा पहिले गरिएको शल्यक्रियापछि राखिएको ग्राफ्ट तथा एमसिएल दुवैमा पुनः गम्भीर चोट लागेको छ। जटिल अवस्थाका कारण पुनः शल्यक्रिया अनिवार्य भएको उनले उल्लेख गरेकी छन्।

हाल अस्ट्रेलियन ए–लिगमा बाट खेलिरहेकी साम्बा ब्रिसबेन रोअरविरुद्धको खेलका क्रममा घाइते भएकी थिइन्।

उनले कतारस्थितमा उपचार गराउने इच्छा व्यक्त गरेकी छन्। यसअघि त्यही अस्पतालमा गरिएको उपचार उच्चस्तरको अनुभव भएको उल्लेख गर्दै पुनः त्यहीँ शल्यक्रिया गराउने योजना रहेको बताइन्। क्लबले बीमाबाट प्राप्त रकम उपलब्ध गराउने भए पनि त्यो रकम शल्यक्रिया र ७–८ महिनाको पुनःस्थापनाका लागि अपुग हुने उनको भनाइ छ।

एन्फा र सरकारप्रति गुनासो

साम्बाले अखिल नेपाल फुटबल संघ (एन्फा) र सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेकी छन्। एन्फा अध्यक्षबाट नगद पाँच लाख रुपैयाँसम्म सहयोग गर्ने जानकारी पाए पनि प्रशासनिक प्रक्रिया अघि नबढेको उनले उल्लेख गरिन्। सरकारी तहबाट पनि पहल भएको तर प्रक्रिया अपेक्षाअनुसार अघि नबढ्दा आफू शल्यक्रिया नगरी बस्न नसक्ने अवस्थामा पुगेको उनले सामाजिक सञ्जालमा लेखेकी छन्।

‘थाकेको छु, हारेकी छैन’

आफ्नो करियरकै सबैभन्दा कठिन घडी भएको उल्लेख गर्दै साम्बाले समर्थकहरूलाई साथ दिन आग्रह गरेकी छन्। “थाकेको छु, हारेकी छैन,” भन्दै उनले पुनः राष्ट्रिय टोलीको जर्सीमा मैदान फर्कने अठोट दोहोर्‍याएकी छन्। राष्ट्रिय टोलीका लागि इजरायल, फ्रान्सलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खेलिसकेकी साम्बाले देशका लागि सधैं शतप्रतिशत योगदान दिएको स्मरण गराउँदै यसपटक पुनः उठ्न समर्थकहरूको साथ अपरिहार्य भएको बताएकी छन्।

https://www.facebook.com/SabitraSamba

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *