देश

कर्फ्यु हटेसँगै गौरमा शान्ति सन्देश, सद्भाव र्‍याली

काठमाडौं । केही दिनदेखि तनावग्रस्त बनेको गौर मा कर्फ्यु हटाइएपछि स्थानीय तहमा शान्ति पुनःस्थापित गर्ने उद्देश्यले सद्भाव र्‍याली निकालिएको छ।

नागरिक समाजको अगुवाइमा गौर–६ सबगढाबाट सुरु भएको र्‍यालीले प्रभावित बस्तीहरू परिक्रमा गर्दै शान्ति र सहअस्तित्वको सन्देश प्रवाह गरेको हो। र्‍यालीमा राजनीतिक दलका प्रतिनिधि, स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीको सहभागिता रहेको थियो।

जिल्ला प्रशासन कार्यालय रौतहट ले आज बिहान ६ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश हटाएको जनाएको छ। प्रशासनले पछिल्ला घटनाक्रमलाई ध्यानमा राख्दै स्थानीयसँग संयमता अपनाउन अपिलसमेत गरेको छ।

गौरमा केही दिनअघि दुई समुदायबीच उत्पन्न विवाद चर्किएपछि स्थिति नियन्त्रणबाहिर जाने संकेत देखिएको थियो। त्यसपछि प्रशासनले कर्फ्यु जारी गर्दै सुरक्षा व्यवस्था कडा बनाएको थियो।

कर्फ्यु हटेसँगै गरिएको सद्भाव र्‍यालीलाई स्थानीयले सामान्य अवस्था फर्काउने पहलका रूपमा लिएका छन्। प्रशासन र समुदाय दुवैले संवाद र सहकार्यबाट दीर्घकालीन शान्ति कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *