रौतहट । रौतहटको गौर सबगढामा दुई समुदायबीच उत्पन्न साम्प्रदायिक तनाव भड्काएको आरोपमा प्रहरीले जनमत पार्टीका जिल्ला संयोजक शेख जमशेदलाई प्रहरीले पक्राउ गरेको छ ।
गौर नगरपालिका वडा नम्बर ६ सवगढाबाट शुरु भएको दुई समुदायबीचको विवादमा संलग्न रहेको आरोपमा प्रहरीले जमशेदलाई पक्राउ गरेको हो ।
उनी सोही वडाका पूर्वअध्यक्ष पनि हुन् । शुक्रबार दुवै समुदायबीच सहमति भई अवस्था साम्य भएको थियो। तर शनिबार बिहानदेखि पुनः बढेपछि प्रशासनले कफ्यू लगाएको छ ।




