काठमाडौं । हालैमात्रै राष्ट्रिय स्वतन्त्र पार्टी छाडेका डा. प्रणय शमशेर राणा अब नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
राष्ट्रिय सभा गृहमा प्रतिज्ञा पत्रसम्बन्धी प्रश्नोत्तर कार्यक्रमको अवसरमा कांग्रेस सभापति गगन थापाले राणालाई पार्टीमा स्वागत गरेका छन्। राणा विगतमा पनि नेपाली कांग्रेसका सदस्य थिए।
उनी उम्मेदवार छनोट प्रक्रियामा प्राइमरी इलेक्शनको नाममा आर्थिक चलखेल भएको आरोप लगाएर रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) छाडेका थिए।




