काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।
२००७ साल फागुन ७ गते जहानियाँ राणा शासनको अन्त्य भई मुलुकले नागरिक स्वतन्त्रता र मौलिक अधिकार प्राप्त गरेको ऐतिहासिक दिनको स्मरण गर्दै देउवाले अग्रजहरूको त्याग र बलिदानको उच्च प्रशंसा गरेका छन्।
उनले प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सहिदहरू तथा लोकतान्त्रिक आन्दोलनमा सहभागी सम्पूर्ण नेपालीप्रति सम्मान व्यक्त गर्दै लोकतन्त्रको सुदृढीकरणमा सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन्।




