मुख्य समाचार

नागरिक उड्डयन प्राधिकरणको निर्णय विवादमा

काठमाडौं। काठमाडौंबाट पोखरा उडानका क्रममा २०८१ साउनमा दुर्घटनामा परेको सौर्य एयरलाइन्स लाई पुनः व्यावसायिक उडान सञ्चालनको अनुमति दिइएको विषयले बहस चर्किएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले निलम्बन फुकुवा गर्दै एयर अपरेटर सर्टिफिकेट ९एओसी० नवीकरण गरेपछि नियामक निकायको निर्णयमाथि प्रश्न उठेको हो।

दुर्घटनापछि छानबिन समितिले तोकेका सर्तहरू पूरा गरेको दाबी गरिए पनि हाल कम्पनीसँग सञ्चालनयोग्य एउटामात्र जहाज रहेको तथ्य सार्वजनिक भएको छ। उड्डयन नियमावलीअनुसार नियमित व्यावसायिक उडानका लागि कम्तीमा तीनवटा उडानयोग्य जहाज आवश्यक पर्ने प्रावधान रहेको उल्लेख गर्दै जानकारहरूले आधारभूत मापदण्ड नै नपुगेको अवस्थामा अनुमति दिनु गम्भीर त्रुटि भएको टिप्पणी गरेका छन्।

साथै, सौर्य एयरलाइन्स आर्थिक रूपमा कमजोर अवस्थामा रहेको चर्चा पनि छ। मर्मत, बीमा, कर्मचारी पारिश्रमिक र सञ्चालन खर्चमा दबाब रहेको कम्पनीलाई छिटो अनुमति दिइनु किन आवश्यक ठानियो भन्ने प्रश्न प्राधिकरणभित्रै उठेको स्रोतहरूको दाबी छ।

उड्डयन क्षेत्रका विश्लेषकहरूका अनुसार आर्थिक अस्थिरताले सुरक्षा मापदण्डमा असर पार्न सक्ने जोखिम उच्च हुन्छ। दुर्घटनापछि व्यवस्थापन सुधार, प्राविधिक परीक्षण र वित्तीय स्थायित्वको गहिरो मूल्यांकन गरिनुपर्ने भए पनि हतारो निर्णय गरिएको आरोप लागिरहेको छ।

यसैबीच, दुर्घटनामा परिवारका तीन सदस्य गुमाएका प्रकाश खतिवडाले सर्वोच्च अदालत मा रिट दायर गर्दै उच्चस्तरीय न्यायिक छानबिनको माग गरेका छन्। उक्त दुर्घटनामा १८ जनाको ज्यान गएको थियो।

क्यानले भने नियमअनुसार नै निर्णय गरिएको दाबी गरेको छ। तर एक जहाजमै व्यावसायिक उडान अनुमति दिइएको विषयले नेपालको नागरिक उड्डयन सुरक्षाप्रति नियामक निकायको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *