देश

सार्वजनिक बहसले लोकतन्त्र बलियो बनाउँछ : केपी शर्मा ओली

काठमाडौं । केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक बहस लोकतन्त्रको पारदर्शिताको महत्वपूर्ण आधार भएको बताएका छन्।

झापा–५ का उम्मेदवारहरूबीच आयोजित पब्लिक डिबेट कार्यक्रममा सहभागी भएपछि उनले उम्मेदवारहरूले नागरिकका प्रश्नको आमनेसामने जवाफ दिनु सकारात्मक अभ्यास भएको उल्लेख गरे। चुनाव नागरिकले आफ्नो विश्वास प्रतिनिधिलाई सुम्पिने अवसर भएकाले उम्मेदवारहरू जनतासँग नजिक हुनुपर्ने उनको धारणा छ।

ओलीले चुनावी अवधिमा बनावटी सामग्रीमार्फत मतदातालाई प्रभावित गर्ने प्रवृत्तिको आलोचना गर्दै वास्तविक मुद्दामा खुला छलफल हुनुपर्ने बताए। आफूहरूले उठेका प्रश्नको जवाफ दिँदै आएको र आवश्यक परे आत्मालोचना तथा सुधार पनि गरेको उनको भनाइ छ।

पब्लिक डिबेटको आयोजना गर्ने पक्ष, सहभागी उम्मेदवार तथा नागरिकलाई धन्यवाद दिँदै उनले आगामी दिनमा पनि नागरिकसँगै रहने प्रतिबद्धता व्यक्त गरे। उनले अन्त्यमा प्रश्न सोध्न र एमाले रोज्न मतदातालाई आह्वान गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *