राजनीति

कांग्रेसमा प्रवेश गरेका महतोलाई चुनावी समन्वयको जिम्मा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका सर्लाहीका दीपक महतोले नयाँ भूमिकासहित काम सुरु गरेका छन्। कांग्रेस सभापति गगन थापाले उनलाई आगामी प्रतिनिधिसभा निर्वाचन लक्षित विशेष जिम्मेवारी दिएका हुन्।

सभापति थापाद्वारा जारी पत्रअनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि महतोलाई विभिन्न क्षेत्रका उम्मेदवारहरूसँग समन्वय, रणनीति निर्माण तथा चुनावी वातावरण अनुकूल बनाउन खटाइएको छ। साथै, वैकल्पिक राजनीति र अन्य राजनीतिक धारमा सक्रिय व्यक्ति तथा समूहसँग संवाद गरी कांग्रेसका पक्षमा सकारात्मक माहोल सिर्जना गर्ने जिम्मेवारी पनि उनलाई दिइएको छ।

महतो यसअघि डा. बाबुराम भट्टराईको साथ छाडेर रास्वपामा आबद्ध भएका थिए। उनी सर्लाही–३ बाट चुनाव लड्ने तयारीमा थिए। तर, अन्तिम समयमा टिकट नपाएपछि असन्तुष्टि जनाउँदै पार्टीविरुद्ध नाराबाजी गरेका थिए। सो क्रममा प्रहरीले उनलाई पक्राउसमेत गरेको थियो। रास्वपा छाडेर कांग्रेसमा प्रवेश गरेका महतो अहिले पार्टीको चुनावी रणनीतिमा सक्रिय भूमिका निर्वाह गर्ने तयारीमा छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *