काठमाडौं । प्रहरीले सार्वजनिक स्थलमा वृद्धमाथि हातपात गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बा ३ च ११०३ नम्बरको जीपका चालक पारस बम रहेका छन् ।बमले महाराजगञ्जको सडकमा हिँडिरहेका वृद्धलाई जीपबाट ओर्लेर कुटपिट गरेका थिए ।
सामाजिक संञ्जालका प्रयोकर्ताहरुले नेपाल प्रहरीलाई मेन्सन गर्दे उक्त भिडियो पोष्ट गरेपछि प्रहरीले कुटपिट गर्ने व्यक्तिको खोजी गरेको थियो । सोही क्रममा प्रहरीले बालुवाटारबाट जीप चालक बमलई पक्राउ गरेको हो ।




