देश

भ्रष्टाचार मुद्दामा विकल पौडेलविरुद्ध प्रमाण झिकाउन विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध दायर भ्रष्टाचार मुद्दामा प्रमाण कागजात झिकाउने आदेश दिएको छ ।

मंगलबार न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आवश्यक प्रमाण कागजात मगाउने आदेश जारी गरेको हो ।

पौडेलविरुद्ध ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ २९ पैसा बराबर गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरिएको छ । अख्तियारले उनीसँगै उनकी पत्नी एलिना बस्नेत, बाबु धर्मप्रसाद पौडेल र आमा शितल पौडेललाई सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाएको छ ।

अख्तियारका अनुसार आपूर्तिकर्ताबाट लिएको कमिसन रकम परिवारका सदस्य तथा अन्य व्यक्तिको नाममा परिचालन गरिएको दाबी गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *