काठमाडौं । बंगलादेशका नयाँ सांसदहरूको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । संसद भवनको साउथ प्लाजामा मंगलबार बिहान सपथ भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
बंगलादेशमा अहिले निर्वाचित २९७ सांसदमध्ये दुईतिहाइ नयाँ अनुहार भएको बंगलादेशको अखबार डेली स्टारको उल्लेख गरेको छ ।
सांसदको ७० प्रतिशत अर्थात्, २०९ जना नयाँ अनुहार देखिएका छन् ।
दुईतिहाइ मत ल्याएको पुरानो दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का १३२ सांसद पनि नयाँ छन् ।
बंगलादेशमा आज अपराह्नमा नयाँ सरकार गठन हुँदै छ । बीएनपीका अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्दै छन् । रहमान पनि नयाँ अनुहारमा पर्छन् ।




