देश

चिसापानी चोकमा शंकास्पद बक्सा फेला, जाँचपछि फोहर मात्र रहेको पुष्टि

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१६ स्थित चिसापानी चोकमा आज बिहान बम जस्तो देखिने शंकास्पद बक्सा फेला परेपछि केही समय स्थानीयमा त्रास फैलिएको थियो।

बिहानै चिसापानी बजारतर्फ गएका स्थानीयले उक्त वस्तु देखेपछि तत्काल सुरक्षा निकायलाई जानकारी गराएका थिए। सूचनापछि नेपाली सेना र प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेर बक्साको जाँच गरेको थियो।

प्रहरीका अनुसार ‘खतरा’ लेखिएको कागजसहित बक्सा जस्तो देखिने वस्तु फेला परेको भए पनि विस्तृत जाँचपछि त्यसभित्र फोहर मात्र रहेको पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले हाल घटनास्थलको अवस्था सामान्य रहेको जानकारी दिएका छन्। निर्वाचन नजिकिँदै गएकाले यस्ता शंकास्पद गतिविधि देखिएमा सतर्क रहन प्रहरीले स्थानीयलाई आग्रह गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *