काठमाडौं । जिल्ला प्रहरी परिसरले जेनजी आन्दोलनका क्रममा काठमाडौँका विभिन्न कारागारबाट भागेका सात जना कैदीबन्दी पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा रसुवाको उत्तरगया–१ घर भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ बस्ने ४१ वर्षीय तेन्जिङबहादुर तामाङ, लमजुङको दूधपोखरी–४ घर भई कलंकी बस्ने २० वर्षीय प्रियम गुरुङ, कञ्चनपुरको पुनर्वास नगरपालिका घर भई काठमाडौँ–सुन्धारा बस्ने २३ वर्षीया बबिता तामाङ रहेका छन्।
त्यसैगरी, काभ्रेपलाञ्चोक ठाँटी चापखोरीका २२ वर्षीय विक्रम नेपाली, दोलखाको मेलुङ–२ का भुवन तामाङ, सिन्धुलीको फिक्कल–३ का अनिस मगर र भारतीय नागरिक सरोसन साह पनि पक्राउ परेका छन्।
उनीहरू डाँका चोरी, मानव बेचविखन, लागूऔषध र ज्यान मार्ने उद्योगलगायतका मुद्दामा कारागार चलानमा रहेका थिए।
पवनकुमार भट्टराईका अनुसार सातै जनालाई पक्राउ गरी सम्बन्धित कारागारमा फिर्ता पठाइएको छ।




