समाचार

सञ्चारकर्मीमाथि आक्रमण अस्वीकार्य :दोषी पत्ता लगाउन महासंघको दबाब

काठमाडौं । सञ्चारकर्मीको निजी आवासमा भएको तोडफोड घटनाप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघ ले संलग्न व्यक्तिमाथि कडा कारबाही गर्न माग गरेको छ । महासंघको केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै पत्रकार मोतिराम तिमल्सिना को घरमा भएको तोडफोड घटनालाई गम्भीर रूपमा लिएको जनाएको हो । घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग महासंघले आग्रह गरेको छ ।

महासंघ, काभ्रेपलाञ्चोक शाखाका पूर्वअध्यक्षसमेत रहेका तिमल्सिनाको बनेपा नगरपालिका–९ नयाँबस्तीस्थित निवासमा गत बिहीबार राति अज्ञात समूहले तोडफोड गरेको थियो । उनी ‘चेष्टा’ साप्ताहिक, प्राइम एफएम र मदानी बिट डटकमसँग आबद्ध छन् ।

घटनाप्रति ध्यानाकर्षण जनाउँदै महासंघले पत्रकारितामा क्रियाशील व्यक्तिको घरमा भौतिक क्षति पुर्‍याइनु निन्दनीय मात्र नभई सार्वजनिक अपराध भएको ठहर गरेको छ । प्रेस स्वतन्त्रतामाथि नै चुनौती दिने यस्ता गतिविधि नियन्त्रण गर्न राज्य संयन्त्र सक्रिय हुनुपर्ने महासंघको माग छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *