सर्लाही ।सर्लाहीमा जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रीक समाजवादी पार्टीका केन्द्रिय नेताहरू नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
जसपा नेपालका बरिष्ठ उपाध्यक्ष केदार नन्दन चौधरी र लोसपाका महासचिव मनिष मिश्र, केदारसिंह ठटौलाहितका नेता कार्यकर्ताहरू कांग्रेसमा समाहित भएका हुन् ।
चुनावी अभियानमा रहेका कांग्रेस सभापति एवं सर्लाही ४ का उम्मेदवार गगन कुमार थापाले नवप्रवेशी नेताहरूला स्वागत गरे । थापाको चुनावी अभियानका क्रममा सर्लाहीका विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवजेश गर्नेहरुको लहर चलेको छ ।




