देश

बंगलादेशको चुनावी नतिजापछि प्रधानमन्त्री कार्कीको शुभकामना सन्देश

काठमाडौं । बंगलादेशमा सम्पन्न १३औं संसदीय निर्वाचनपछि विजयी दलप्रति बधाई सन्देश आदान–प्रदान सुरु भएको छ। यसैक्रममा प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा बंगलादेश सरकार र त्यहाँका नागरिकलाई शुभकामना व्यक्त गरेकी छन्।

१२ फेब्रुअरी २०२६ मा सम्पन्न निर्वाचनमा Bangladesh Nationalist Party (बीएनपी) ले उल्लेखनीय सफलता हासिल गरेको थियो। उक्त सफलतापछि पार्टी प्रमुख तारिक रहमानलाई प्रधानमन्त्री कार्कीले विशेष बधाई दिएकी हुन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा उनले बंगलादेशको नयाँ नेतृत्वसँग सहकार्य गर्दै द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिन्।

यस निर्वाचनलाई बंगलादेशको राजनीतिक यात्रामा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। पूर्व प्रधानमन्त्री शेख हसिनाको सरकार पतनपछि अन्तरिम व्यवस्थापनमा सम्पन्न भएको यो चुनावलाई लोकतान्त्रिक प्रक्रियाको पुनःस्थापनाका रूपमा विश्लेषण गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *