देश

पाथीभरा दर्शनपछि प्रधानमन्त्री कार्कीद्वारा ताप्लेजुङमा निर्वाचन तयारीबारे परामर्श

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ताप्लेजुङमा अवस्थित पाथीभराको दर्शन गरेकी छन् । आज पाथीभराको दर्शन गरेर जिल्लास्थित मुख्य निर्वाचन अधिकृतस्थित स्थानीय सुरक्षा प्रमुखसँग निर्वाचनबारे परामर्श गरेकी छन् ।

आज ताप्लेजुङ आएको प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा परामर्श गरेका हुन् ।
ताप्लेजुङका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विकास श्रेष्ठसहित जिल्लाको सुरक्षा प्रमुखसँग प्रधानमन्त्री कार्कीले निर्वाचनबारे परामर्श गरेकी छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको ताप्लेजुङ जिल्ला अदालतमा प्रधानमन्त्री कार्कीले परामर्श गर्दै चुनावी वातावरणबारे जानकारी लिएकी छन् । दक्षिणपूर्वमा भारतको सिक्किम र उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ताप्लेजुङमा रहेका अति संवेदनशील र संवेदनशील मतदानस्थलमा सुरक्षा व्यवस्था मजबुत बनाउन कार्कीले निर्देशन दिइन् ।

उनले संवेदनशीलसँगै सम्भावित हुलदङ्गा हुने मतदानस्थलका लागि सुरक्षा व्यवस्था मिलाउनसमेत निर्देशन दिएकी छन् । परामर्श कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले जिल्लाको सुरक्षा स्थिति, मतदानस्थल र केन्द्रसहित निर्वाचन वातावरणबारे प्रधानमन्त्री कार्कीसमक्ष अवगत गराएको बुझिएको छ ।

प्रधानमन्त्री कार्कीले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनसमेत गरेकी छन् । बिहान ८ बजे ताप्लेजुङ आइपुगेका प्रधानमन्त्री कार्कीले सुरुमा पाथीभरा दर्शन गरेको र त्यसपछि सदरमकाम फुङ्लिङमा मुख्य निर्वाचन अधिकृतसहित सुरक्षा निकायका प्रमुखसँग परामर्श तथा छलफल गरेकी हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *