राजनीति

सभापति लिम्बूको सक्रियता बढेसँगै मोरङ कांग्रेसमा उत्साह

विराटनगर । आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि मोरङका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको माहोल सकारात्मक बन्दै गएको छ । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा कांग्रेसका उमेदवारका पक्षमा सबै तहका नेता कार्यकर्ताहरू एकजुट हुँदै गएको नेपाली कांग्रेस मोरङले जनाएको छ । जिल्ला सभापति डिकबहादुर लिम्बूले टिकट वितरणका सन्दर्भमा केही असहमति जनााएपछि पछिल्लो पटक उनको सक्रियताले कांग्रेसका पक्षमा माहोल तथ बलियो बन्दै गएको बताइएको छ ।

सभापति लिम्बू स्वयमले पार्टीभित्र देखिएका कतिपय असमझदारीलाई विस्तारै लयमा ल्याउँदै गरेको बताए । ‘मोरङका सबै निर्वाचन क्षेत्रमा हाम्रो सकारात्मक सन्देश गएको छ’, उनले भने ‘क्षेत्र नम्बर १ का उम्मेदवारलाई लिएर हामी पहाडी गाउँ घुमेर आएका छौँ । अहिलेको अवस्था ठीक छ । सबैलाई समेट्दै सुधार गर्दै जाने हो ।’ सभापति लिम्बू निर्वाचन क्षेत्र नम्बर १ को पहिलो चरणको चुनावी अभियान सकेर क्षेत्र नम्बर ६ मा पुगेका छन् । जहाँ नेपाली कांग्रेसका नेता डा‍ शेखर कोइराला उम्मेदवार छन् । कोइरालाको निर्वाचन क्षेत्रका जनतामा उत्साह देखिएको स्थानीय नेताहरूले जनाएका छन् । सभापति लिम्बूले बाहिर हल्ला चलाएजस्तो मतदाताको मनस्थिति नरहेको दाबवी गरे ।

‘यहाँको वास्तविकता फकर छ । मिडिया ट्रायाल धेरै भएको छ, तर हामी मिडिया ट्रायलमा मकजोर भएका हौं । भिुगोलका नागरिकले कांग्रेसप्रतिको सहानुभूति घटाएका छैनन् ।’ कांग्रेसले मोरङका ६ वटै निर्वाचन क्षेत्रमा आफ्नो पकड कायम राख्ने योजना बनाएको छ । विगतका निर्वाचनमा कांग्रेसलाई मतदात गर्न नपाएका समर्थक तथा शुभेच्छुकहरूले यस पटक पार्टीका उम्मेदवारलाई भोट दिन पाएकोमा खुशी व्यक्त गरेका छन् ।

यस जिल्लाका ६ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका नेताहरू मतदातामाझ लोकप्रिय मानिन्छन् । मोरङ–१ मा खड्गबहादुर फागो,२ मा डा मिनेन्द्र रिजाल,३ मा डा सुनील शर्मा, ४ मा गुरुराज घिमिरे,५ मा फुलकुमार लावती र ६ मा डा शेखर कोइरालाले उम्मेदवारी दिएका छन् । उनीहरू अहिले मतदातामाझ सक्रिय भएर पार्टीका सबै तहका नेता कार्यकर्तालाई सँगै लिएर हिँडेको नेपाली कांग्रेस मोरङले जनाएको छ । सभापति लिम्बूको सक्रियता बढेसँगै चुनावी माहोल थप ओजिलो बन्दै गएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *