देश

महाशिवरात्रि नजिकिँदै गर्दा पशुपतिमा नागा साधुको बढ्यो आगमन

काठमाडौं। महाशिवरात्रि पर्वको पूर्वसन्ध्यामा पशुपतिनाथ क्षेत्रमा धार्मिक चहलपहल बढ्न थालेको छ। यही क्रममा भारतसहित नेपालका विभिन्न स्थानबाट आएका नागा बाबा आज जन्तीसहित पशुपति मन्दिर प्रवेश गरेका छन्। उनीहरू मन्दिरको मुख्य प्रवेशद्वार नम्बर १ हुँदै भित्रिएका हुन्।

नागा साधु जोगी परम्पराका चार सम्प्रदाय—सन्न्यासी, वैष्णव, नानक र उदासी—मध्ये सन्न्यासी धाराअन्तर्गत पर्ने गर्छन्। प्रत्येक वर्ष महाशिवरात्रिको अवसरमा यी चारै सम्प्रदायका साधु–सन्त विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा भेला हुने परम्परा छ।

पर्व नजिकिँदै जाँदा मन्दिर परिसरमा दर्शनार्थीहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। भीड व्यवस्थापन र आवश्यक तयारीका लागि पशुपति क्षेत्र विकास कोषले तयारीलाई तीव्र बनाएको जनाएको छ। धार्मिक उत्सवसँगै सुरक्षासमेत कडा पारिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *