देश

पारदर्शी शासन र विकासका एजेन्डासहित मैदानमा महर,कृषि आधुनिकीकरण र डिजिटल शिक्षामा जोड

काठमाडौं । नेपाली कांग्रेसबाट डडेल्धुराका लागि प्रतिनिधिसभा सदस्यका उम्मेदवार नैनसिंह महरले इन्द्रेणी क्षेत्रको समग्र विकास, सुशासन प्रवर्द्धन र रोजगारी सिर्जनालाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार विस्तार, कृषि आधुनिकीकरण तथा पर्यटन प्रवर्द्धनलाई मुख्य एजेन्डा बनाएको उल्लेख गरे। साथै युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने, डिजिटल शिक्षाको पहुँच विस्तार गर्ने र उद्यमशीलता प्रवर्द्धन गर्ने योजना अघि सारेका छन्।

त्यसैगरी पारदर्शी शासन प्रणाली स्थापना, भ्रष्टाचार नियन्त्रण, स्थानीय उत्पादनको बजारीकरण तथा वातावरण संरक्षणलाई समेत आफ्नो कार्यसूचीमा समेटिएको उनले बताए।

महरले लोकतान्त्रिक मूल्य–मान्यता, सहकार्य र दिगो विकासलाई केन्द्रमा राखेर इन्द्रेणीको समुन्नत भविष्य निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *