काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी सबै राजनीतिक दल र उम्मेदवारहरूलाई समयमै निर्वाचन घोषणापत्र सार्वजनिक गरी सम्बन्धित निकायमा पेस गर्न निर्देशन दिएको छ।
आयोगको आज बसेको बैठकले २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सहभागी दलहरूले फागुन ३ गतेभित्र आफ्नो निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुपर्ने निर्णय गरेको हो।निर्वाचन आयोगका अनुसार निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ अनुसार राजनीतिक दलहरूले आफ्नो घोषणापत्र आयोगमा बुझाउनुपर्नेछ भने उम्मेदवारहरूले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था छ।
आयोगले निर्वाचन प्रक्रियालाई पारदर्शी, मर्यादित र व्यवस्थित बनाउन घोषणापत्र समयमै पेस गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।




