देश

खोटाङको दीर्घकालीन विकासको नेतृत्व कसले र कसरी गर्ने ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा खोटाङ जिल्लामा चुनावी सरगर्मी तातेको छ । कांग्रेस, एमाले, नेकपा, नयाँ तथा साना दल र स्वतन्त्र उम्मेदवार गरी १५ जना उम्मेदवार चुनावी मैदानमा छन् । घरदैलो अभियान, भेला र भाषणले जिल्ला भरिएको छ । तर यो भीडभाडभित्र एउटा मूल प्रश्न ओझेलमा परेको छ—खोटाङको दीर्घकालीन विकास कसले र कसरी गर्ने ?खोटाङ प्राकृतिक सुन्दरताले भरिएको जिल्ला हो । पर्यटकीय सम्भावना, अर्गानिक कृषि उत्पादन, जडीबुटी, कच्चा पदार्थ र धार्मिक स्थलको हिसाबले यो जिल्ला आत्मनिर्भर बन्न सक्ने आधार भएको क्षेत्र हो । तर यथार्थ के छ भने यहाँका नागरिक रोजगारी, शिक्षा र स्वाथ्यका लागि जिल्ला छोड्न बाध्य छन् ।

२०७८ को जनगणनाअनुसार १ लाख ७५ हजारभन्दा बढी जनसंख्या भएको खोटाङमा उच्च शिक्षा, उद्योग, रोजगारी र पूर्वाधारको अवस्था न्यून छ । यही संरचनात्मक असफलता आजको चुनावी बहसको केन्द्र हुनुपर्ने हो । स्थानीय सरकार केन्द्रिय सरकारको उपेक्षाका कारण खोटाङमा पछिल्लो समय बाँझो जमिन राखेर रोजगारी,शिक्षा ,स्वास्थयका लागि शहर केन्द्रित हुने प्रवृति बढ्दो छ । ग्रामिण क्षेत्रबाट सदरमुकामसम्म आउने सडकहरु पिच भएका छैनन्,जिल्लामा स्वाथ्य उपचार राम्रो छैन् उपचारका लागि लाखौँ खर्चेर राजधानी काठमाडौं,बिराटनगर,धरान लगायतका ठूला सहरमा नागरिकहरु जान बाध्य छन् । नयाँ  प्रविधियुक्त  मेसिनहरुको अभाव,दक्ष चिकित्सकहरुको अभाव खोटाङ जिल्ला अस्पतालमा निकै अगाडीदेखि छ । प्रयाप्त एम्बेलेन्स छैनन्,शवबाहन समेत छैनन्,यी सबै कुराको विश्लेषण गर्दा खोटाङ किन बिकासमा पछि परिरहेको छ । प्रश्न चियापसलदेखि टक अफ टाउनसम्म चल्न थालेको छ ।

रोजगारीको कुरा गर्दा,खोटाङमा चाहेको खण्डमा उच्च संभावना छ,तर त्यस्ता आधार स्तम्भहरु अहिलेसम्म खडा हुन सकेका छैनन्, अब आगामी नेतृत्वले उक्त विषयलाई चासोका साथ ध्यानमा राख्न आवश्यक छ  । शहरी क्षेत्रमा जस्तो ठूला व्यापारीक केन्द्रहरु बनेका छैनन्,साना,समझौला तथा ठूला घरेलु उद्योगहरुको स्थापना कमै छन्, प्रत्येक स्थानीय तहले गलैँजा बुनाई,उत्पादन,प्रशोधन,प्रर्बद्धन,र प्याकेजिङको काम अहिलेसम्म गर्न नसकेको स्थानीयवासीहरु बताउँछन्, वैदेशिक रोजगारीबाट नेपाल फर्केका युवाहरुलाई युवा उद्यमशिलताका कार्यक्रम र सस्तोमा आफ्नो जग्गा धितो राखेर ऋण निकाल्न समेत बैङिक क्षेत्र बाधा बनेको छ । ग्रामिण क्षेत्रको जग्गाको मूल्यवृद्धि र शहरी क्षेत्रको तुलनामा ४० देखि ६० प्रतिशत बढि बैङ्क तथा वित्तिय संस्थाले लगानीकर्ता र उद्यमी व्यवसायीहरुलाई ऋण दिने व्यवस्था मिलाउन अब नागरिकहरु र जनप्रतिनिधि र संघीय नेतृत्वमा सामेल हुने उम्मेदवारहरुले बहस उठाउन आवश्यक छ ।

जिल्लाको सदरमुकाम नजिकै रहेको नाइमा मदन फाण्डेशलले आवसीय विद्यायल संचालन गरेको धेरै लामो समय भयो । सो फाण्डेशनले बालिकालिकाहरुको रुची चाहना ,भावना अनुसार एक व्यक्ति बराबर सयौँ सिपहरु प्रदान गर्दै आएको छ । अहिले देशदेखि विदेशसम्म दक्ष जनशक्तिको अभाव छ ,अब खोटाङका प्रत्येक स्थानीय तहले नागरिकहरुलाई उचित वातावरणमा सयाँै सिप सिकाउँदै आत्मनिर्भर हुन सक्ने  आवसीय  विद्यालय संचालन गर्न आवश्क छ । गाउँदेखि शहरसम्म त्यस्ता सिपको खाँचो छ । स्थानीय सरकारले अध्ययनसँगै विद्यार्थीहरुलाई भविष्यमा बेरोजगार हुन नदिन त्यस्ता आवसीय विद्यालयहरु संचालन गरेमा विद्यार्थीहरुले जिवनमा चाहिने कयौँ आकर्षक सिपहरु सिक्न सक्षम हुन्थे ।

तर उम्मेदवारहरूको गतिविधि हेर्दा विकासभन्दा बढी संगठन, शक्ति सन्तुलन र पुरानै राजनीतिक प्रतिस्पर्धा हाबी देखिन्छ । कांग्रेसका वीरकाजी राई, एमालेका देवविक्रम राई र नेकपाका डा‍. हरि रोकासहितका प्रमुख उम्मेदवार,श्रम संस्कृति पार्टीका महासचिव आरेन राई चुनावी मैदानमा भोट माग्न जनताका घरदैलोमा पुगेको छन्  । श्रम संस्कृति पार्टीले निर्वाचनअधि नै खोटाङका केही भु–भागमा श्रमदानबाट सडकको मर्मत सुधारमा समेत ध्यान दिएको देखिन्छ । निर्वाचनअघि नै खोटाङमा श्रम सस्कृति पार्टी सडक मर्मतमा लागेको छ । ०८० मा मंगोल नेसनल अर्गनाइजेसन पार्टी परित्याग गरेका महासचिव आरेन जिल्लामा पहिचानवादी नेताका रूपमा परिचित छन्। नेपाल चार जात छत्तिस वर्णको साझा फुलबारी हो, त्यसैले जातिय विभेदको नारा भन्दा बढी समावेशीतालाई ध्यान दिन आवश्यक छ ।

अहिले सबै पार्टीका उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । ठूला नेताको साथ, झाँकी र भाषणको प्रतिस्पर्धा चलिरहेको छ । तर खोटाङमा किन उद्योग खुलेनन् ? किन ठेक्काहरू अलपत्र परे?, किन सडक वर्षायाममा हिँड्न नसक्ने छन् ?, किन  प्रयाप्त सबै संकाय अध्ययन अध्यापन गर्ने गराउने विश्वविद्यालय छैन ?, किन युवाले गाउँमै रोजगारी पाउँदैनन्र ? भन्ने प्रश्नको ठोस जवाफ कमै सुनिन्छ । जिल्लामा एक मात्र विश्वविद्यालय छ । सो संस्थामा सबै संकायको अध्ययन अध्यापन भने हुँदैन् । स्नातक तहसम्म सबै विषयको अध्ययन भए पनि स्नातकोत्तरमा भने सबै संकायहरुमा पठन पाठन संचालन छैन्,नेपाली विषयमा भने स्नातकोत्तरको अध्ययन हुन्छ ।

खोटाङलाई पाँच वर्षमै कायापलट गर्न सकिने सम्भावना छ—यदि स्पष्ट रोडम्याप र कार्यान्वयन क्षमता भएको नेतृत्व आयो भने । प्रत्येक स्थानीय तहमा कम्तीमा १० ठूला उद्योग सञ्चालन, किबी र फलफूल खेतीको व्यावसायिक विस्तार, खाद्य प्रशोधन उद्योग, बाँझो जमिनको प्रयोग, डिजिटल पूर्वाधार, महिला–पुरुष दुवैका लागि स्थानीय रोजगारी, गुणस्तरीय सडक र पुल, सुरक्षित खानेपानी र सुशासन—यी सबै खोटाङवासीका सपना कहिले पुरा हुन्छन्रु नागरिकहरुले अहिले जनप्रतिनिधिहरु र संम्बन्धित निकायहरुमाथि प्रश्न गर्न थालेका छन् । यी सबै विकासका आधारहरु पूर्ण रुपमा सम्पन्न गर्न सहमति सहकार्य पार्दर्शीता, सुशासन आवश्यक छ ,राजनीतिक इच्छाशक्ति बिना यी अधारहरु सम्पन्न गर्न असम्भव छ ।

अझ गम्भीर प्रश्न गाँजाखेतीजस्तो विषयमा पनि उठ्छ । वर्षौंदेखि राष्ट्रिय बहसमा रहेको गाँजाखेतीलाई वैधानिक बनाएर औषधि, उद्योग र निर्यातसँग जोड्ने सम्भावना खोटाङजस्ता जिल्लाका लागि आर्थिक क्रान्तिको आधार बन्न सक्छ । नेपालमा अब खोटाङको नेतृत्वले नै धुम्रपान जन्य मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने बस्तुलाई प्रतिबन्ध लगाई गाँजाखेतिलाई औषधीजन्य बस्तु र उद्योगसँग जोड्ने बहस अघि बढाउन आवश्यक छ । तर कुनै उम्मेदवारले यसलाई स्पष्ट एजेन्डाका रूपमा उठाएको देखिँदैन । विकासका कुरा भाषणमा छन्, तर नीति, कानुन र लगानीको खाका गायब छ । गाँजाखेतीलाई वैधानिकता र लोकल रक्सी ब्राण्डिङ गर्न सके र विदेशी रक्सीलाई प्रतिबन्ध लगाउने हो भने जमिन भएकाहरु गरिब हुनुपर्ने अवस्थाको अन्त्य हुन्थ्यो । अहिले लोकल रक्सिको चर्चा खोटाङमा निकै चर्चामा छ, तर सरकारले कानुन बनाउन सकेको छैन् ।

जिल्लामा १३६ मतदानस्थल, १९५ मतदान केन्द्र र कडा सुरक्षा व्यवस्था गरिएको छ । चुनाव व्यवस्थापन बलियो देखिन्छ । तर प्रश्न व्यवस्थापनको होइन, नेतृत्वको गुणस्तरको हो । २०७९ को निर्वाचनमा एमाले बलियो देखिएको इतिहास, नयाँ दलहरूले मत काट्ने सम्भावना—यी सबै अंकगणितीय विश्लेषण हुन् । तर खोटाङको भविष्य अंकगणितले होइन, दृष्टिले तय गर्छ । आज खोटाङलाई गफाडी नेता होइन, शक्ति र सत्ताको दुरुपयोग अन्त्य गर्न सक्ने, ठेक्का र भ्रष्टाचारसँग सम्झौता नगर्ने, ग्रामिण विकासलाई केन्द्रमा राख्ने र नागरिकलाई आफ्नै जिल्लामा बसेर सम्मानजनक जीवन जिउन सक्ने वातावरण बनाउने नेतृत्व आवश्यक छ । चुनावी भीडमा त्यो प्रश्न दबिनु खोटाङका लागि सबैभन्दा ठूलो खतरा हो ।

अब मतदाताले उम्मेदवारलाई सोध्नुपर्ने समय आएको छ—तपाईं जितेपछि खोटाङका युवालाई विदेश होइन, आफ्नै गाउँमा भविष्य देख्न सक्ने बनाउनुहुन्छ कि हुँदैन ? आगामी पाँच वर्षमा खोटाङलाई सर्वपक्ष रुपमा समृद्धि र सुःखी आधार तय गर्न कस्ता रणनीति र रोड म्याप छन्,तपाईको बिगत के हो? टुरिष्ट बनेर सांसद बन्ने सपनाले मात्र खोटाङ जिल्लाको विकास संभव छ ? जस्ता सयौँ प्रश्न र स्पष्ट खाका माग्न आवश्यक छ । विकास भाषणमा सीमित हुन्छ कि व्यवहारमा देखिन्छ रुयही प्रश्नको उत्तरले मात्र यो निर्वाचनको अर्थ तय गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *