देश

शैल्यशिखरमा वृद्धा मृत फेला

खलङ्गा (दार्चुला)।दार्चुलाको शैल्यशिखरमा एक वृद्धा मृत फेला परेकी छिन् ।

शैल्यशिखर नगरपालिका–८ देवलकी ७१ वर्षीया लक्ष्मी जोशी आज बिहान आफ्नै घरआँगनमा मृत फेला परेकी हुन् । घरमा एक्लै बस्दै आएकी उनको शव श्कास्पद अवस्थामा भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक निरज भाटको नेतृत्वमा टोली घट्नास्थलमा पुगेको छ । मृतक जोशीले लगाएका सुनका गरगहना लुटपाट भएको र घरभित्र रहेको बाकससमेत तोडफोड गरिएको पाइएको मृतकका नातेदार माधव जोशीले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *