देश

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा खस्यो

काठमाडौं।काठमाडौंबाट ओखलढुंगाको पोल्थलीतर्फ जाँदै गरेको अरनिको यातायातको यात्रुबाहक बस त्रिवेणी नजिकै दुर्घटनामा परेको छ। बस सडकबाट खस्दै तामाकोशी नदीमा पुगेको बताइएको छ। काठमाडौंबाट मन्थली- भुजी हुँदै पाेल्थली जाँदै गरेकाे ९९७५ नम्बरकाे बस खुर्काेट-मन्थली तर्फकाे बाटाेबाट खसेकाे हाे ।

दुर्घटनाको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ। स्थानीयवासीहरूले घाइते यात्रुहरूको उद्धार कार्य सुरु गरेका छन्।दुर्घटनाको कारण, यात्रु संख्या तथा घाइते/मानवीय क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *