काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सुशील कोइरालालाई सम्झिदै सबैलाई संविधानको प्रभावकारी कार्यान्वयनतर्फ दृढ प्रतिबद्ध रहन प्रेरणा दिइरहेको बताएका छन्।
सभापति थापाले कोइरालाको स्मृति दिवसको अवसरमा भनेका छन् कि समन्वय गर्दै संविधान जारी गर्न सफल सुशील कोइरालाको योगदान आज पनि सबैका लागि मार्गदर्शन र प्रेरणाको स्रोत बनेको छ।
कोइराला प्रधानमन्त्री हुँदा नेपालमा २०७२ सालको संविधान जारी भएको थियो। उनका निधन विसं २०७२ माघ २६ गते राति काठमाडौँको महाराजगञ्जस्थित निवासमा भएको थियो।




