देश

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौ। नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको छ ।

कांग्रेस सभापति गगनकुमार थापाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले बिधानअनुसार केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिको सदस्यमा केन्द्रीय सदस्य धना खतिवडा र केन्द्रीय सदस्य सुवासकुमार पोखरेल रहनुभएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा महामन्त्री गुरुराज घिमिरेले बैठकका लागि निर्धारित प्रस्तावहरू पेस गरेका थिए । बैठकले उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत ‘नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन परिचालन निर्देशिका ०८२’ र ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका ०८२’ लाई परिमार्जनसहित पारित गरेको छ ।

बैठकमा उपसभापति पुष्पा भुसाल, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, डा डिला सङ्ग्रौला, मुक्ताकुमारी यादव, उदयशम्शेर राणा, योगेन्द्र चौधरी र प्रवक्ता देवराज चालिसेले आ–आफ्नो धारणा व्यक्त राखेका थिए ।

माघ २५, २०८२
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक सभापति गगनकुमार थापाको सभापतित्वमा आज बस्यो । महामन्त्री गुरुराज घिमिरेले बैठकका लागि निर्धारित प्रस्तावहरू पेश गर्नु भएको थियो ।

बैठकको निर्णयहरू
(१) उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत “नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका –०८२” र “नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका — ०८२” लाई परिमार्जन सहित पारित ग¥यो ।
(२) नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम ३ सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय ग¥यो ।
संयोजक — केन्द्रीय सदस्य तारामान गुरुङ
सदस्य — केन्द्रीय सदस्य धना खतिवडा
सदस्य — केन्द्रीय सदस्य सुवासकुमार पोखरेल

आजको बैठकमा उपसभापति पुष्पा भुसाल, सहमहामन्त्रीहरू— फरमूल्लाह मन्सुर, डा. डिला संग्रौला, मुक्ताकुमारी यादव, उदयशम्शेर राणा, योगेन्द्र चौधरी र प्रवक्ता देवराज चालिसेले आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

जय नेपाल !

कृष्णप्रसाद दुलाल
का.वा. मुख्य सचिव

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *