देश

प्रसाईँको गिरफ्तारीप्रति राप्रपाको आपत्ति, तत्काल रिहाइको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईँलाई बिना सर्त तत्काल रिहा गर्न सरकारसँग आग्रह गरेको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा जारी विज्ञप्तिमा प्रसाईँमाथि बारम्बार गरिँदै आएको पक्राउलाई पूर्वाग्रही र दमनकारी कदमको रूपमा उल्लेख गरिएको छ। फरक विचार र धारणा राखेकै कारण दुःख दिने उद्देश्यले राज्यले कारबाही अघि बढाएको आरोप राप्रपाले लगाएको छ।

विज्ञप्तिमा राज्यको यस्तो व्यवहारले संविधानले सुनिश्चित गरेका नागरिक स्वतन्त्रतामाथि आघात पुगेको उल्लेख छ। स्वतन्त्र रूपमा हिँडडुल गर्न, विचार व्यक्त गर्न, लेख्न र शान्तिपूर्ण रूपमा विरोध जनाउन पाउने अधिकार कुण्ठित भएको राप्रपाको भनाइ छ।

पार्टीले लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको सम्मान गर्दै प्रसाईँलाई अविलम्ब बिना सर्त रिहा गर्न सरकारसँग पुनः माग गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *