खेलकुद

टी-२० विश्वकप: नेदरल्याण्डसले पाकिस्तानलाई दियो १४८ रनको लक्ष्य

काठमाडौँ । आइसीसी टी-२० विश्वकप २०२६ को पहिलो खेलमा नेदरल्याण्डसले पाकिस्तानलाई १४८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले १९.५ ओभरमा अल आउट हुदै १४७ रन बनाएको हो ।

नेदरल्याण्डसका लागि कप्तान स्कट एडवार्ड्सले सर्बाधिक ३७ रन बनाए भने बास डे लिडेले ३०, माइकल लेभिटले २४ र कोलिन एकरम्यानले २० रन बनाएका थिए ।

त्यस्तै पाकिस्तानका बलर सलमान मिर्जाले ३ विकेट लिए भने मोहमद नवाज, अब्रार अहमद र सैम आयुबले २-२ विकेट लिए तथा शाहीन शाह अफ्रिदीले एक विकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *