देश

अधिकारीलाई थुनामा पठाउने विशेषको आदेश सर्वोच्चद्वारा सदर

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेश सदर गरेको छ ।

शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले विशेष अदालतको निर्णयलाई यथावत् राख्ने आदेश दिएको हो ।

निलम्बित महानिर्देशक अधिकारीलाई विशेष अदालतले गत मङ्सिर २१ गते नलिञ्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

उक्त आदेशविरुद्ध अधिकारी सर्वोच्च अदालत पुगेका थिए । हेलिपोर्ट निर्माणका क्रममा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ भ्रष्टाचार गरेको बिगो दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *