काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। नेपाल प्रहरीले उनलाई काठमाडौँको चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले प्रसाईंलाई पक्राउ गरिएको पुष्टि गरे पनि उनीमाथि लगाइएको अभियोगबारे भने खुलाएका छैनन्।
यसअघि प्रसाईं सार्वजनिक शान्ति विरुद्धको कसुरमा गत माघ ५ गते पोखराबाट पक्राउ परेका थिए। त्यसपछि उनलाई काठमाडौँ ल्याई माघ ६ गते हाजिर जमानीमा रिहा गरिएको थियो।




