देश

बेलकोटगढीमा हत्या प्रकरण: शव मलखाल्डोमा गाडिएको अवस्थामा भेटियो

बेलकोटगढी। बेलकोटगढी नगरपालिका–९ सिउरेनीमा सामान्य झगडापछि एक पुरुषको हत्या भएको छ । हत्या पश्चात् उनको शव मलखाल्डोमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृतक ४४ वर्षीय कर्मी भनिने शन्त बहादुर तामाङ रहेका छन् । उनी साविक बेलकोटगढी नगरपालिका–४ डाँडाखर्क स्थायी घर भई हाल बेलकोटगढी–९ सिउरेनीमा बसोबास गर्दै आएका थिए ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ‘पुलिस’ भनिने शेषमान तामाङ र शिव तामाङ रहेका छन् । दुवै जनाको उमेर अन्दाजी ३२–३३ वर्ष रहेको र दुवै बेलकोटगढी–९ कै बासिन्दा तथा मृतकका छिमेकी भएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार हिजो बेलुका तीनै जना सँगै मदिरा सेवन गरी बसेका बेला विवाद भएको बुझिएको छ । सोही विवाद उग्र बन्दा कुटपिटबाट शन्त बहादुर तामाङको मृत्यु भएको र त्यसपछि शव लुकाउने उद्देश्यले मलखाल्डोमा गाडिएको खुलेको छ ।

प्रहरी नियन्त्रणमा रहेका दुवै जनाले घटनामा संलग्न रहेको स्वीकार गरेको बताइएको छ । हाल उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *